दफा २१
राजगुठीमा परिणत भएको छुटगुठी र निजीगुठीको विवरण जायजेथा बुझाउने
दफा १९ र २० बमोजिम राजगुठीमा परिणत भएको छुट गुठी वा निजी गुठीका दाता, गुठियार वा गुठी चलाइआएका व्यक्तिले संस्थानले सूचना प्रकाशित गरेको छ महिनाभित्र संस्थानले तोकेबमोजिम त्यस्तो गुठीको चल अचल, जायजेथाको विवरण र स्याहा श्रेस्ता लगायत सबै लिखत संस्थानलाई बुझाउनु पर्छ ।